कैलाली। नेकपा (एमाले) सुदुरपश्चिम प्रदेश अधिबेशनको लागी गोदावरी नगरपालिकामा प्रतिनिधि छ्नौटमा बिबाद देखिएको छ ।
यद्यपि आज बिहानै देखि प्रतिनिधि छनौट को लागि मतदान भैरहेको छ । तर निर्बाचन प्रक्रिया संग असन्तुष्ट पक्षले भने प्रदेश कार्यालयमा उजुरी दिएको थियो । त्यसपछि प्रदेश अध्यक्ष दामोदर भन्डारीले निर्बाचन समितिलाई मत परिणाम घोषणा नगर्न भनेर पत्र पठाएका छन् ।प्रतिनिधि चयन को बिषयलाई लिएर गोदावरी मा एमाले भित्र दुई धार देखिएको छ । निर्बाचनमा नगरकमिटी अध्यक्ष गोकर्ण भट्ट र प्रदेश कमिटी सदस्य हरि सिँ साउँद पक्षीय नेताहरु सहभागी रहेका छन् ।
प्रदेश सदस्य कृष्णराज सुवेदी, दामोदर रिजाल लगाएतका नेताहरु असन्तुष्ट रहेर निर्बाचन मा भाग लिएका छैनन् ।असन्तुष्ट पक्षमा रहेका केही नेताहरुले पनि प्रतिनिधि बन्न खोजेका थिए तर संस्थापन पक्षले सहमति नजनाउँदा चुनाब मा जान दुबै पक्ष सहमत भएका थिए ।