कैलाली। कैलाली र कञ्चनपुरमा प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ। प्रहरीले बिहीबार साँझ कैलाली र कञ्चनपुरमा झण्डै ३ लाख रुपैयाँ बराबरको भन्सार छलीका सामान वेवारिसे अवस्थामा फेला पारेको हो ।
कञ्चनपुरको भीमदत्त नगरपालिका-६ सुकासालबाट भारतबाट भन्सार छली ल्याएको अन्दाजी २ लाख ७५ हजार रुपैयाँ मूल्य बराबरको चिनी,मिश्री,नरिवल तथा सुर्तिजन्य पदार्थहरु फेला पारिएको प्रहरीले जनाएको छ।
प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा नियन्त्रणमा लिएको ती सामान भन्सार कार्यालय गड्डाचौकीमा बुझाइने बताइएको छ। यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगर भन्सार नजिकबाट अन्दाजी मूल्य २६ हजार रुपैयाँ बराबरको चामल र गहुँ प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको बताइएको छ।