कञ्चनपुर। कञ्चनपुरमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। जिल्लाको भीममदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखालका ६५ वर्षीय धनगिरी भुलको मंगलबार दिउँसो मृत्यु भएको हो।
सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार उनको सु.प.प्र.०२००१ क ४८८ नम्बरको बसको ठक्करबाट मङ्गलवार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।