धनगढी। कैलालीको धनगढी वडा नम्बर ४ बाट लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका-४ बोराडाँडीको भित्री सडकखण्डबाट लागुऔषधसहित कैलालीको जोशीपुर गाउँपालिका-७ का २२ वर्षीय विनय कुवँर र सोही पालिकाको वडा नम्बर-२ का २२ वर्षीय दिनेश रावतलाई प्रहरीले पक्राउ गरेको हो।
सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटी टोलीले आज मंगलबार लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ। एक ग्राम १६० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको छ। हिरासतमा राखिएका दुबै जनामाथी थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले बताएको छ।