कञ्चनपुर। कञ्चनपुरको बेलौरीबाट ब्राउनसुगरसहित युवक पक्राउ परेका छन्। २ सय ३० मिलिग्राम ब्राउनसुगरसहित बेलौरीबाट कञ्चनपुर वेदकोटका एक युवक पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिहीबार साँझ शङ्का लागेर चेकजाँच गर्दा उक्त परिमाणको लागुपदार्थसहित बेलौरी नगरपालिका–४ लक्ष्मी स्वीट नजिकबाट बेदकोट नगरपालिका–३ का २४ वर्षीय सञ्जु राना पक्राउ परेका हुन्। रानामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।


