अछाम। अछाममा चट्याङ लाग्दा दुई पशुचौपायाको मृत्यु भएको छ। आज मंगलबार अछामको रामारोसन गाउँपालिका-२ मा चट्याङ लाग्दा दुई पशुचौपायाको मृत्यु भएको प्रहरीले जनाएको छ।
चट्याङ लाग्दा गोठभित्र रहेका दुई पशुचौपायाको मृत्यु भएको अछाम प्रहरीले जनाएको हो। प्रहरी चौकी शान्तडाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा चार जनाको टोलीले घटनास्थलमा पुगेर क्षतिको विवरण संकलन गरेको हो। प्रहरीले चट्याङबाट कुनै मानवीय क्षति भने नभएको बताएको छ।