धनगढी। धनगढी उपमहानगरपालिका वडा नम्बर १७ का स्थानीय आन्दोलित भएका छन् । धनगढी उपमहानगरपालिकाले जथाभावी नदिजन्य पदार्थ उत्खन्न गराएको भन्दै स्थानीयहरु आज देखी आन्दोलित भएका हुन्।
मनोमानी ढंगले नदिजन्य पदार्थ उत्खन्न गरिँदा बस्ती जोखीममा परेको उनीहरुको भनाई छ । उनीहरुले आज धनगढी वडा नम्बर ८ र १७ जोड्ने पुलमा टायर बाल्दै प्रदर्शनमा उत्रिदै आन्दोलीत बनेका छन् । उनीहरुले उपमहानगरपालिकासंग नदिजन्य पदार्थ उत्खन्न मापदण्ड अनुसार मात्र उत्खन्न गरिनुपर्ने, क्षतिग्रस्त ठाउँलाई रेड यरिया तोकिनुपर्ने, कुनै कुनै ठाउँमा नदिको धार परिवर्तन गरिनुपर्ने माग राखेका छन्।
यस्तै कुल आम्दानीको २० प्रतिशत रकम खोला वा वडाको विकासमा लगानी गर्नुपर्ने, क्षति हुने ठाउँमा उचित तटबन्धनको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेका छन् ।२०७४ सालदेखि सो नदिमा नदिजन्य पदार्थ उत्खन्न भइरहेको भएपनि वडा विग्रीएका सडकमा ग्राभेल हाल्ने, कटानबाट जोगाउन तटबन्धन लगायतका कुनै पनि कार्य नबढाएको स्थानीय हर्षराज रानाले बताए ।धनगढी उपमहानगरले सबैभन्दा बढी नदिजन्य पदार्थ यहि खोलाबाट संकलन गर्ने भएकाले त्यसको २० प्रतिशत वडामा लगानी गर्नु भन्दा पनि काम नभएको बताए।
उपमहानगरपालिकाले आफुहरुलाई झुठा आस्वासन बाहेक केही नदिएको स्थानियको भनाई छ । यता वडाका वडा अध्यक्ष माधव रानाले खुटिया खोलामा जथाभावी नदिजन्य पदार्थ उत्खन्न हुँदा खेति योग्य जमिन कटान हुने, बनेका भौतिक संरचना सडक, झोलुङ्गे पुल लगायतमा क्षति पुगिरहेको बताए । वडाको बजेट न्यून भएकाले बस्ती संरक्षणका लागि तटबन्धनअघि बढाउन नसकिएको र उपमहानगरपालिकामा अनुरोध गर्दा पनिसुनुवाई नभएको भन्दै प्रदेश र संघ सरकारलाई गुहारेको उनले बताएका छन् ।