धनगढी । ड्रग्स अर्थात लागुऔषध विरुद्धको महाअभियान सुदूरपश्चिममा जारी छ। विशेष गरी कैलाली र कञ्चनपुरमा यो अभियानलाई तीव्र पार्ने प्रयास भइरहेको छ। लागुऔषध ९ड्रग्स०को कुलतमा सबैभन्दा बढी किशोररकिशोरी र युवायुवती फस्दै गएपछि विद्यार्थी केन्द्रित कार्यक्रम प्रहरीले अघि बढाएको छ।

लागुऔषध प्रयोगकर्ता धनगढीमा अझ धेरै भएकाले यसले जीवनमा पार्ने असरको विषयमा प्रहरीले सूचित गराउने काम गर्दै आएको छ। धनगढीका संस्थागत एवं सामुदायिक विद्यालयमै प्रहरी पुगेर लागुऔषध विरुद्धको महाअभियानमा अध्ययनरत विद्यार्थीहरुलाई जोड्ने काम गर्दै आएको छ। प्रहरीले विद्यालय र विद्यार्थी खोज्दै लागुऔषधको सेवनबाट हुने क्षति, कानुनी प्रावधान, परिवार र समाजमा पर्ने असर लगायत विषयमा जानकारी गराउने काम हुँदै आएको छ।
ड्रग्स विरुद्धको महाअभियानलाई सार्थक बनाउन सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले धनगढीका संस्थागत एवं सामुदायिक विद्यालयमा पुगेर कक्षा नै चलाउने काम गर्दै आएका छन्। उपमहानगरभित्र सञ्चालित सबै विद्यालय तथा कलेजमा लागुऔषध विरुद्ध कक्षा लिने योजना अनुसार धेरै विद्यालय एवं कलेजमा प्रहरी पुगिसकेको छ।
लागुऔषध सेवन, कारोबार र ओसारपसारका विषयमा विद्यार्थीहरुले उठाएका जिज्ञासामाथि प्रहरी उपरीक्षक चौधरीले सरल र बुझ्ने गरी जिज्ञासा मेटाउने काम समेत गर्दै आएका छन्। विद्यालय तथा कलेजमा अध्ययनर कतिपय विद्यार्थी नै लागुऔषधको कुलतमा फस्न थालेपछि प्रहरीले विद्यालय केन्द्रित अभियान नै थालेको हो।
किशोररकिशोरी मात्र नभएर युवायुवती समेत लागुऔषधको कुलतमा फस्न थालेपछि विद्यार्थी खोज्दै प्रहरी निजी एवं सरकारी विद्यालयमै पुगेर कक्षा लिने काम गर्दै आएको छ। धनगढीका कतिपय विद्यार्थीले प्रहरीले अघि सारेको यस्तो अभियानमा खुलेर समर्थन गर्दै लागुऔषध विरुद्ध अरुलाई पनि सचेत गराउने काम गर्दै आएको समेत पाइएको छ। लागुऔषध सेवन एक प्रकारको रोग हो।


