धनगढी। धनगढीमा स्कुटरको ठक्करबाट घाईते भएका पैदलयात्रीको मृत्यु भएको छ। धनगढी उपमहानगरपालीका १ बाल्मिकी स्कुल नजिक सु.प.प्र ०१०११ प ९१०५ नम्बरको स्कुटरको ठक्करबाट घाईते भएका पैदलयात्री धनगढी ५ जाईका ४० वर्षीय जिउधन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
सोमबार बिहान साढे ५ बजे मोर्निङ्ग वाक गरिरहेका चौधरीलाई स्कुटरका चालक लक्ष्मी शाहले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए। गम्भीर घाईते भएका चौधरीलाई तत्काल नगढीस्थीत निर्सग हस्पिटलमा लग्ने बित्तिकै उपचारकै क्रममा मृत्यु भएको प्रहरी निरीक्षक बस्यालले बताए । स्कुटर चालक लक्ष्मी शाह सहित स्कुटर प्रहरी नियन्त्रणमा रहेका छन् ।