धनगढी। नेपाल प्रहरी प्रधान कार्यालयले सुदूरपश्चिमका प्रहरी उपरीक्षकहरू (एसपी) र प्रहरी नायव उपरीक्षकहरू (डिएसपी)को सरुवा गरेको छ। प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले शुक्रबार गरेको निर्णयअनुसार एसपी र डीएसपीको सरुवा गरेका हुन्।
२०८० सालको भाद्र महिना देखीको तलब, भत्ता, समेतहाल सरुवा भएको दरवन्दीबाट खान पाउने गरी एसपी र डीएसपीको सरुवा गरीएको हो। सरुवा भएको ठाउँमा नयाँ व्यक्तिलाई पठाएको छ। नेपाल प्रहरी बिशेष सुरक्षागण महेन्द्रनगर कञ्चनपुरमा कार्यरत भिमकिरण बोगटीलाई बाग्मती प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखामा सरुवा गरिएको छ।
यस्तै जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत राजेन्द्र प्रसाद धमलालाई नेपाल प्रहरी प्रधान कार्यालय कानून शाखा नक्साल काठमाण्डौँमा सरुवा गरिएको छ । सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय मानवश्रोत ब्यवस्थापन महासाखा धनगढी कैलालीमा कार्यरत राम प्रसाद घर्तिमगरलाई नेपाल प्रहरी विशेष सुरक्षा गण सुर्खेत हाल बाँकेमा सरुवा गरिएको छ । सरुवा भएको ठाउँमा नयाँ एसपी आउने भएका छन्। बिष्णुहरी कोइरालालाई सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय मानवश्रोत ब्यवस्थापन महासाखा धनगढीमा र प्रेम बहादुर बस्नेतलाई नेपाल प्रहरी बिशेष सुरक्षागण महेन्द्रनगर कञ्चनपुरमा आउने भएका हुन्।
यस्तै डिएसपीको सरुवा भएका छन्। काठमाण्डौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत अनिल कुमार उप्रेती नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय अत्तरियामा सरुवा गरिएको छ। जिल्ला प्रहरी कार्र्यालय डडेल्धुरामा कार्यरत मनोहर प्रसाद भट्ट जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा सरुवा भएका छन्। नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्साल काठमाण्डौँका कार्यरत दिपक कुमार कार्की जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा सरुवा भएका छन्।
जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत प्रेम बहादुर शाही लागुऔषध नियन्त्रण ब्यूरो मानवश्रोत व्यवस्थापन शाखा कोटेश्वर काठमाण्डौँमा सरुवा भएका छन्। जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत दिपक राज गिरी जिल्ला प्रहरी कार्यालय बैतडीमा सरुवा भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत युवराज भण्डारी नेपाल प्रहरी अस्पताल महाराजगंज प्रशासनमा सरुवा भएकोमा प्रहरी वृत्त नयाँबानेश्वर काठमाण्डौँमा कार्यरत निशान्त श्रीवास्तव जिल्ला प्रहरी कार्यालय डोटीमा सरुवा भएका छन् । नेपाल प्रहरी प्रधान कार्यालय विशेष ब्यूरो उपत्यकता सेक्टर नक्साल काठमाण्डौँमा कार्यरत शिब बहादुर सिंहको जिल्ला प्रहरी कार्यालय दार्चुलामा सरुवा भएका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय अत्तरियामा कैलालीमा कार्यरत दिपेन्द्र कुमार पाल नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कंचनपुर मानवश्रोत ब्यवस्थापन शाखामा, जिल्ला प्रहरी परिसर काठमाण्डौँ शान्ति सुरक्षा तथा प्रहरी कार्य शाखामा कार्यरत भरत बहादुर शाह जिल्ला प्रहरी कार्यालय बझाङ्गमा सरुवा भएका छन् ।नेपाल प्रहरी प्रधान कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय कल्याण महाशाखा नक्साल काठमाण्डौँमा कार्यरत विश्वराज अधिकारी ईलाका प्रहरी कार्यालय टिकापुर कैलालीमा सरुवा, जिल्ला प्रहरी कार्यालय बाजुरामा कार्यरत सुर्य बहादुर थापाको नेपाल प्रहरी शिक्षालय आधारभुत तालिम शाखा भरतपुर चितवनमा सरुवा गरिएको छ। नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक एसपीहरू र १२० जना नायव प्रहरी उपरीक्षक डीएसपीहरूको सरुवा भएको छ।


