धनगढी। प्रहरीले कैलालीको कैलारी गाउँपालिकाबाट २२ हजारको अवैध पान मसला (सिस्टम) बरामद गरेको छ। शुक्रबार इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएको १ सय पोका पान मसला बरामद गरेको जनाएको छ।
कैलारी गाउँपालिका ९ गदरिया स्थित भित्रि सडक खण्डमा बनकट्टाबाट गदरीया तफर् जाँदै गरेका १७ बर्षीय दिपेश चौधरीले चलाएको से ३ प ३२ नम्बरको मोटरसाइकलबाट उक्त पान मसला बरामद गरिएको इलाका प्रहरी कार्यालय हसुलियाले जनाएको छ ।प्रहरीले बरामद सामान‚ मोटरसाइकल सहित चौधरीलाई थप कारवाहिका लागि जिल्ला प्रहरी कार्यालय धनगढी पठाएको जनाएको छ ।