धनगढी। कैलालीमा बस र मोटरसाइकल एक आपसमा ठोक्किएका छन् । आज कैलालीको लम्की चुहा नगरपालिका ४ बलिया बजारमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन ।
सुदूरपश्चिम यातायातको ना ५ख ९४०८ नम्बरको बसले सुदूरपश्चिम प्रदेश ०१००९ प ९८९३ नम्बरको मोटर साइकललाई ठक्कर दिँदा लम्किचुहा ६ चैनपुर निवासी २० वर्षीय निर्मल कटेल गम्भिर घाइते भएका छ्न्।
घाइते कटेलको लालरत्न अस्पतालमा सामान्य उपचारपछि नेपालगन्ज रेफर गरिएको इलाका प्रहरी कार्यालय लम्कीले बताएको छ। बस र चालक भजनी नगरपालिका ७ का २९ वर्षीय रामकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।