धनगढी। धनगढीमा मोटरसाइकल आफै अनियन्त्रित भएर पल्टिदा एक घाईते भएका छन्। कैललीको धनगढी उप-महानगरपालिका वडा नम्बर २ मा बिहीवार मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका–७ मनेहराका २५ वर्षीय चालक निसान्त रानाले चलाएको सुपप्र ०१०१० प ६०२५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई पल्टिएको जनाएको छ। मोटरसाइकल पल्टिएर दुर्घटना भएपछि चालकको आखाँ, ओठ र टाउकोमा चोट लागेको छ। उनको नवजीवन अस्पातल धनगढीमा उपचार भैरहेको रमोटरसाइकल भने प्रहरीले नियन्त्रणमा रहेको बताइएको छ।