धनगढी। कैलालीमा मोटरसाइकल दुर्घटनामा ४ जना घाइते भएका छन्। कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरियामा बिहीवार साँझ साढे छ बजे दुई मोटरसाइकल एक आपसमा ठोक्किदा ४ जना घाइते भएका हुन् ।
डोटीबाट अत्तरियातर्फ आउँदै गरेको मोटरसाइकल र अत्तरियाबाट गोदावरी तर्फ जाँदै गरेको मोटरसाइकल एक आपसमा ठोक्किदा ३ जना घाइते भएका हुन्। भने एक् जना गम्भीर घाईते भएका प्रहरीले जनाएको छ । घाइते हुनेमा सुपप्र ०१ ००८ प ७२९० नम्बरको मोटरसाइकलका चालक गोदावरी १ का २८ वर्षिय भुवन विक,सुपप्र ०९ प १४४८ नम्बरको मोटरसाइकलका चालक डोटीको सायल गाउँपालिमा–६ का २५ वर्षिय चक्र कटुवाल र पछाडी सवार दिपक ऐर रहेका छन्।
दुर्घटनामा घाइते भएका विकको अवस्था गम्भिर रहेको छ । भने अन्य २ घाइतेको अवस्था भने सामान्य रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी प्रहरी नायब उपरीक्षक दिपेन्द्र पालले जानकारी दिए। घाइते तिनै जनाको अत्तरिया स्थित पदमा अस्पतालमा उपचार भइरहेको छ।