धनगढी। कैलालीको गोदावरी नगरपालिका मेयर विरेन्द्र भट्टले इसाईका लागि चिहान बनाउने बताएका छन्। गोदावरी नगरपालिका वडा नम्बर १ मा “मिलाप बप्तिस चर्च“को नव निर्मित भवन उद्घाटन गर्दै मेयर भट्टले इसाईका लागि चिहानघाट निर्माण गर्ने बताएका हुन्।
गोदावरी नगरपालिकाको सहकार्यमा ४१ लाखको चर्चका लागि भवन निर्माण गरिएको हो।भवन उद्घाटन कार्यक्रममा मेयर भट्टले कसैलाई जात, धर्मको आधारमा विभेद नगरिने बताए। उनले सबैले आ–आफ्नो आस्था, विश्वास धर्म सिदान्त अपनाउने अधिकार सबैलाई रहेको बताए । त्यसैले नगरपालिकाले पनि सबैलाई समान अधिकार र नगरनगरपालिकाबाट पाउने सेवा सुबिधा दिने उनले भने ।’ इसाई समाजले राखेको माग अनुसार गोदावरी नगरपालिकामा छुट्टै चिहान उपलब्ध गराउने उनको भनाई छ ।