धनगढी। कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका एक जनाको मृत्यु भएको छ। कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ कनरीमा मोटरसाइकल दुर्घटनामा परेर बझाङका चक्रबहादुर बोहरा घाइते भएका थिए।
उनको उपचारका क्रममा धनगढी स्थीत सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।मंगलवार राति कनरीबाट धनगढी आउदै गरेको सुपप्र ०१००८ प ५७६५ नम्बरको मोटरसाइकलमा सवार बोहरा दुर्घटनामा घाइते भएका थिए।मोटरसाइकल अनियन्त्रीत भएर दुर्घटना भएको कैलाली प्रहरीले बताएको छ।कैलाली प्रहरीका अनुसार ३५ वर्षीय बोहराको घर बझाङको केदारसियू गाउँपालिका वडा नम्बर ५ हो। दुर्घटनाका बारेमा प्रहरीले थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।