कञ्चनपुर। कञ्चनपुरमा एक मेडिकल भित्रबाटै ७ जुवाडे पक्राउ परेका छन। कञ्चनपुरको पुनर्वास नगरपालिका-३ स्थित आइबिआरडिमा रहेको एक बिएन पोलिक्लिनिक प्रालिभित्रै जुवा खेलिरहेको अवस्थामा सञ्चालक सहित ७ जना जुवाडे पक्राउ परेका हुन।
इलाका प्रहरी कार्यालय पुर्नवासबाट खटिएको प्रहरी टोलिले उक्त पोलिक्लिनिकको दोस्रो तलाबाट मंगलबार राति १२ बजे सात जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीले बताएका छन। जुवा खालबाट एक गड्डी तास सहित ८५ हजार ८ सय ३५ रुपैयाँ बरामद गरि सातै जनालाई नियन्त्रणमा लिईएको छ। नियन्त्रणमा लिईएका सातै जना जुवाडेमाथी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।