बैतडी। बैतडीमा एक हप्तादेखि शिक्षक बेपत्ता रहेका छन्। बैतडीको डिलाशैनी गाउँपालिका २ गोगनी घर भएका-५२ बर्षीय शिक्षक जयबहादुर बोहरा गएको मंगलबार साँझदेखि बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए।
लटिनाथ आधारभूत विद्यालय अमरखेतमा कार्यरत शिक्षक बोहरा भदौ ५ गते मंगलबार बेलुका विद्यालयबाट घर फर्किदा बेपत्ता भएका हुन्। शिक्षक बोहरा बेपत्ता भएको भोलिपल्ट बुधबारदेखि खोजी कार्य जारी रहेको भएपनि अहिले फेला पर्न सकेका छैनन्। बेपत्ता शिक्षकले लगाएका चप्पल स्थानीय गन्नीगाडको छेउमा फेला परेका बताइएको छ। अहिले मातहतका प्रहरीचौकीमार्फत खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।