बाजुरा। बाजुराकी ३२ वर्षिय उज्जली सुनारले बाटोमै बच्चा जन्माएकी छन्। बाजुरा खप्तड छेडेदह गाउँपालिका १ काँडाकी उज्जलीलाई सुत्केरी व्यथा लागेपछि अछामको बयलपाटा अस्पतालमा पुगेकी थिइन्। त्यसपछि स्वास्थ्यकर्मीले घर पठाएका थिए।
अस्पतालमा चिकित्सकले चेकअप गर्दा बच्चा पाउने अवधी १४ दिन नाघिसकेको र तत्काल अप्रेसन गरेर सुत्केरी गराउनुपर्ने वताएका थिए। तर आफन्तले भारतको दिल्लीमा लग्ने भन्दै घर फिर्ता ल्याएपछि बाटोमा बच्चा जन्माएको सिगाडा सामुदायिक स्वास्थ्य केन्द्रमा कार्यरत अनमि सिर्जना सार्किले बताएकी छन्।
घर फर्किने क्रममा बाजुराको बुढिगंगा नगरपालिका १० स्थित पानीभुवाको सडक बच्चा जन्माएको सार्किले वताइन् । बाटोमा उज्जली सुनार व्यथा लागेर ढलेको अवस्थामा स्वास्थ्यक्रमी सिर्जना सार्किले भेटाएकी थिइन्। अनमी सृजना सार्किले वाटोमै सुत्केरी गराउनमा सहयोग गरेकि थिइन्।