दार्चुला। दार्चुलाको अपि हिमाल गाउँपालिकामा तीन दिन सार्वजनिक विदा दिइएको छ ।जिल्लाको अपि हिमाल गाउँपालिकाभरिका सरकारी तथा गैरसरकारी कार्यालय लगायत शैक्षिक संस्थाहरूमा आज (सोमवार)देखि आउँदो बुधवारसम्म सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।
पालिकाले शुक्रवार एक सूचना निकालेर गाउँपालिकाको प्रख्यात धार्मिक सुर्मा भवानी मन्दिरमा भइरहेको बिरे जात्राको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।देशकै सबैभन्दा लामो समयसम्म मनाइने सुर्मा भवानीको विधिवत् रूपमा जात्रा शनिवारदेखि शुरु भएको छ । दार्चुला र बझाङ जिल्लाको सीमा क्षेत्रमा यो जात्रा लाग्ने गरेको छ ।