दार्चुला। दार्चुलामा घरमा एक्लै बस्दै आएकी एक महिला मृत फेला परेकी छिन्। दार्चुलाको मालिकार्जुन गाउँपालिका-७ की ८० वर्षीया भागरथी चन्द घरभन्दा १ सय ५० मिटर पर आज(सोमवार)बिहान मृत फेला परेकी प्रहरीले जनाएको छ।
उनी एकल महिला रहेको र घरमा एक्लै बस्दै आएकी उनको मृत्युको कारण नखुलेको बैतडी प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले अहिले मृतकको घरमा प्रहरी चौकी जोलजीवि र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी खटिएको जानकारी दिए। प्रहरीले मृतकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याउने तयारी गरिएको र घटनाका बारेमा थप अनुसन्धान भैरहेको बताइएको छ।