धनगढी। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनगढी आउने भएका छन्। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड धनगढीमा चार दल सम्मिलित समाजवादी मोर्चाको प्रदेशस्तरीय सन्देश सभामा सहभागि हुन १३ गते धनगढीमा आउने भएका हुन्।
सभालाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जसपा नेता अशोक श्रेष्ठसमेत आउने तयारी रहेको समाजवादी मोर्चा प्रदेशको कार्यालय सचिव उद्धब भट्टराईले बताए।