कञ्चनपुर। मोहना नदीमा नुहाउने क्रममा डुबेर एक महिलाको मृत्यु भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका-९ राजघाटकी ७० वर्षीया गौरादेवी महराको मोहना नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतबार बिहान नदीमा नुहाउने क्रममा बेपत्ता भएकी महराको शव सशस्त्र प्रहरीको टोलीले फेला पारेको हो। सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीबाट खटिएको सशस्त्र प्रहरी नायब निरीक्षक कमल जोशीको नेतृत्वमा खटिएको टोलीले नदीबाट शव निकालेको थियो। सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका गणपति प्रेमबहादुर रावलले प्रहरीले बेपत्ता महिलाको खोजीकार्य गर्न नसकेपछि सशस्त्र प्रहरीले खोजेर प्रहरीलाई बुझाएको बताए।