कञ्चनपुर। कञ्चनपुरमा ३ सय ८ सडक तथा पुल निर्माणका योजना सम्पन्न गर्न बाँकी रहेका छन् । पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी देव बडालले जिल्लामा सडक तथा पुल निर्माणका ३४९ योजना रहेकोमा ३०८ वटा कार्ययोजना सम्पन्न गर्न बाँकी रहेको बताएका छन् ।
जम्मा ४१ वटा कार्य सम्पन्न गरिएको छ । योजना चालु आर्थिक वर्ष सुरु भएको डेढ महिना पुग्नै लाग्दा समेत निर्माण कार्यले गति लिन सकेको छैन्। पूर्वाधार विकास कार्यालय कञ्चनपुरका लागि आर्थिक वर्ष २०७९/०८० मा सडक तथा पुल निर्माणका लागि आएको एक अर्ब २७ करोडको बजेट विनियोजन गरिएको थियो। जसबाट ९९ करोड ६८ लाख सडक तथा पुल निर्माणका काममा खर्च गरिएको पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी बडालले जानकारी दिए ।
स्थानीयस्तरका सडक तथा पुलको संघको ससर्त अनुदानमा ५० करोड बजेट विनियोजन गरिएकोमा चार करोड ९८ लाख रुपैयाँ खर्च भएको छ । त्यसैगरी सम्भावित रणनीति सडकको संघ ससर्त अनुदानमा दुई करोड ८० लाख छ भने उक्त बजेटबाट दुई करोड ५३ लाख खर्च भएको छ । तराई मधेस सडक पूर्वाधार विशेष कार्यक्रमको संघ ससर्त अनुदानमा पाँच करोड तीन लाख रहेको छ भने ३६ लाख ८५ हजार उक्त बजेटबाट खर्च भएको छ। त्यसैगरी सम्भावित प्रादेशिक सडकको संघ ससर्त अनुदानका लागि ६ करोड ८५ हजार बजेट विनियोजन गरिएको छ भने उक्त बजेटबाट दुई करोड ४७ लाख खर्च भएको कञ्चनपुर सूचना अधिकारी बडालले बताए ।
त्यसैगरी कञ्चनपुरमा सडक तथा पुल निर्माणका लागि आएको कुल बजेट एक अर्ब ४७ करोड छ भने उक्त बजेटबाट एक अर्ब एक करोड खर्च भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । पूर्वाधार विकास कार्यालय, कञ्चनपुरमा सडक तथा पुल निर्माणका लागि आएको बजेटबाट ३६ करोड ७२ लाख ३४ हजार २६ फ्रिज भएको सूचना अधिकारी बडालले बताएका छन् । बडालका अनुसार स्थानीयस्तरका सडक तथा पुलको संघ ससर्त अनुदानका लागि आएको बजेटबाट एक लाख ९० हजार फ्रिज भएको छ भने सम्भावित रणनीति सडकको संघ ससर्त अनुदानका लागि आएको बजेटबाट २६ लाख ३७ हजार फ्रिज भएको छ ।
त्यसैगरी तराई मधेस सडक पूर्वाधार विशेष कार्यक्रमको संघ ससर्त अनुदानका लागि आएको बजेटबाट चार करोड ६६ लाख फ्रिज भएको छ भने सम्भावित प्रादेशिक सडकको संघ ससर्त अनुदानका लागि आएको उक्त बजेटबाट चार करोड ३७ लाख फ्रिज भएको कञ्चनपुरका सूचना अधिकारी बडालले बताए । त्यसैगरी पूर्वाधार विकास कार्यालयको तथ्यांक अनुसार कञ्चनपुरमा सडक तथा पुल निर्माणका लागि आएको कुल बजेटबाट ४६ करोड पाँच लाख रुपैयाँ फ्रिज भएको छ ।
पूर्वाधार विकास कार्यालयको गत आर्थिक वर्ष २०७८/०७९ को तथ्यांकअनुसार सडक तथा पुल निर्माणकै लागि ६९ करोड ४३ लाख रुपैयाँ विनियोजन गरेको थियो । भने उक्त बजेटबाट ४५ करोड ४४ लाख उक्त कार्यमा खर्च गरिएको छ । सूचना अधिकारीका अनुसार स्थानीयस्तरका सडक तथा पुलको संघ ससर्त अनुदानमा २२ करोड विनियोजन गरेको थियो भने उक्त बजेटबाट एक करोड १८ लाख ५८ हजार खर्च भएको छ ।
त्यसैगरी गत आर्थिक वर्षको तथ्यांकमा सम्भावित रणनीति सडकको संघ ससर्त अनुदानका लागि दुई करोड १२ लाख विनियोजन गरिएको बजेटबाट ३१ लाख ८७ हजार खर्च भएको छ । सम्भावित प्रादेशिक सडकको संघ ससर्त अनुदानमा पाँच करोड ५० लाख विनियोजन गरिएको बजेटबाट तीन करोड ६१ लाख खर्च भएको पूर्वाधार विकास कार्यालयको तथ्यांकमा छ । कञ्चनपुर पूर्वाधार विकास कार्यालयको तथ्यांकले सडक तथा पुल निर्माणका लागि आएको कुल ७९ करोड २५ लाख बजेटबाट भएको कुल खर्च ५० करोड ४६ लाख खर्च भएको देखाएको छ ।
गत आर्थिक वर्ष पूर्वाधार विकास कार्यालयमा आएको बजेटबाट २३ करोड ९९ लाख फ्रिज भएको छ भने स्थानीयस्तरका सडक तथा पुलहरू संघ ससर्त अनुदानको बजेटबाट एक करोड एक लाख फ्रिज भएको जनाएको छ । त्यसैगरी सम्भावित रणनीति सडकको एक करोड ८० लाख फ्रिज, एक करोड ८८ लाख सम्भावित प्रादेशिक सडकको संघ ससर्त अनुदानमा आएको बजेटबाट फ्रिज भएको छ । कार्यालयको तथ्यांकअनुसार फ्रिज भएको कुल रकम २८ करोड ६९ लाख रुपैयाँ छ । त्यसैगरी कञ्चनपुरका सूचना अधिकारी देव बडालका अनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा भन्दा चालू आर्थिक वर्ष २०७९/०८० मा सडक तथा पुल निर्माणका लागि बढी बजेट विनियोजन गरिएको थियो ।