कञ्चनपुर। महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजको बनबासा पुलमा दुई दिनदेखि चार पांग्रे सवारी साधन आवागमन बन्द गरिएको छ । बिहीबार साँझदेखि पुलमा चार पांग्रे सवारी साधन आवागमनमा रोक लगाइएको हो ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार शुक्रबार साँझ महाकालीमा पानीको बहाव १ लाख १० हजार २९० क्यूसेक पुगेको छ । बिहानको तुलनामा साँझ बहाव बढेको हो । प्रहरीकाअनुसार बिहान १ लाख ५ हजार क्यूसेक थियो । सय वर्ष पुरानो पुल जीर्ण भएका कारण नदीमा पानीको बहाव १ लाख क्यूसेक नाघ्नेबित्तिक्कै ठूला सवारी साधन आवागमनमा रोक लगाइँदै आएको छ ।