धनगढी। कैलालीको मोहना-अत्तरिया ६ लेन सडकमा विङ्गर पल्टिदा ३ घाइते भएका छन् । कैलालीको अत्तरियाबाट धनगढी तर्फ आउँदै गरेको से।१ ज १०८४ नम्बरको विङ्गर गोदावरी नगरपालिका १ पाठक पेट्रोल पम्प नजिक दुर्घटना भएको हो।
ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार तिब्र गतीमा रहेको विङ्गर अनियन्त्रीत भएर पल्टिदा ३ जना घाईते भएका छन। विङ्गर पल्टिदा गौरीगंगा नगरपालिका – १ का ४५ वर्षिय मोतिलाल चौधरी, सोही स्थानका ५५ वर्षिय विष्णु चौधरी र गोदावरी नगरपालिका-१ का २१ वर्षिय रमेश कामी घाइते भएका हुन। उनिहरुको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भैरहेको छ । घाइते तिनै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय मालाखेतीले चालक र विङ्गरलाई नियन्त्रणमा लिएको जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जनाएको छ ।