कैलाली। सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रको कार्य विभाजन गरिएको छ। नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको पूर्ण बैठकले नेता तथा कार्यकर्ताको कार्य विभाजन गरिएको हो ।
माओवादीले सुरु गर्न लागेको तीन महिने अभियानको लागि जिम्मेवारी तोकिएको हो। जस अनुसार खगराज भट्टलाई व्यवस्थापन कार्यालय समिति र ओम विक्रम भाटलाई प्रचार प्रसार कार्यालय समितिको जिम्मा दिइएको छ। व्यवस्थापनमा भट्ट सहित हरिराम चौधरी, त्रिलोचन भट्ट, झपट साउद र रमेश सिंह धामी छन् भने प्रचार प्रसारमा भाट सहित दीपेन्द्र रावल, लोक बहादुर बोहरा, जनक बुढा र अंजीत श्रेष्ठ छन् ।
बैठकले केन्द्रीय सदस्यहरूको कार्यक्षेत्र तय गरेको छ भने जिल्ला इन्चार्जहरू पनि तोकेको छ। कैलाली इन्चार्जमा टेकेन्द्र भट्ट, कञ्चनपुर इन्चार्जमा वीरमान चौधरी, डडेल्धुरा इन्चार्जमा हरि ज्ञवाली, बैतडीमा रामप्रसाद तिमिल्सेना, दार्चुलामा नरेन्द्र कुवर, बझाङमा लालबहादुर सोडारी, बाजुरामा देवकी मल्ल, अछाममा ओमप्रकाश पुन र डोटीमा लक्ष्मीराम आचार्यलाई इन्चार्ज तोकिएको हो।