धनगढी। कैलालीको कैलारी गाउँपालिका अध्यक्ष राजसमज चौधरी आफ्नै घरको आँगनमा चिप्लिएर घाइते भएका छन् । मंगलबार दिउँसो पालिकाकै कामका लागि घरबाट निस्किने समयमा हसुलिया आफ्नै घरको आँगनमा लडेका हुन् ।
उनको दायाँ हात भाँच्चिएको छ । धनगढीको निसर्ग अस्पतालमा सामान्य उपचार पछि अपरेसनका मंगलबार साँझ नै काठमाडौँ लगिएको नेपाली काँग्रेस कैलालीका सचिव केशवराज मिश्रले जानकारी दिए । उनको कुममा चोट लागेका बताइएको छ ।