कैलाली। कैलालीमा स्कुटरले दुई जनालाई ठक्कर दिएको छ ।कैलालीको गौरीगंगा नगरपालिका–३ झील चौराहमा स्कुटरले ठक्कर दिँदा दुई जना घाइते भएका छन्।
गण्डकी प्रदेशको ब १५ प ८६११ नम्बरको स्कुटरले सोहि स्थानका ४५ वर्षीय झुपरी साँउद र ८७ वर्षीय देवीसिंह साँउदलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले स्कुटर चालक लम्कीचुहा ३ की ३० वर्षीया भावना थापालाई घाइते दुवै जनालाई लिएर उपचारका लागि धनगढी ल्याइएको जनाएको छ। टाउकोमा चोट लागेर घाइते भएका दुबै जनाको अवस्था सामान्य रहेको छ । स्कुटर इलाका प्रहरी कार्यालय चौमालाले नियन्त्रणमा लिएको जनाएको छ।