धनगढी। कैलालीको धनगढीबाट एक जना लागुऔषधसहित समातिएका छन्। कैलालीको धनगढीबाट घोडाघोडी नगरपालिका-१० का २३ वर्षीय युवक उमेश चौधरी एक ग्राम लागुऔषधसहित पक्राउ परेका हुन्।
मंगलबार बिहान धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेलबाट लागुऔषधसहित चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरी चौकी त्रिनगरबाट खटिएको टोलीले उनलाई लागुऔषधसहित पक्राउ गरेको र थप अनुसन्धान भैरहेको जनाएको छ ।