धनगढी। कैलालीमा नालामा माछा मार्दा एक बृद्धा महिलाको मृत्यु भएको छ। कैलालीको जोशिपुर गाउँपालिका-१ पिपरकोटीको सुगुवा नालामा माछा मार्ने क्रममा ६० वर्षिया वेलासी डगौराको मृत्यु भएको हो।
सोमबार बिहान सोही वडामा रहेको सुगुवा नालामा माछा मार्ने क्रममा डगौराको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । सो विषयमा थप अनुसन्धान गरिरहेको कैलाली प्रहरीले जनाएको छ ।