धनगढी। धनगढीका ३ जना युवायुवती लागुऔषधसहित पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरीको अनुसन्धान समूह (आरआइटी) ले लागुऔषधसहित धनगढीका बिभिन्न स्थानबाट लागुऔषधसहित ३ जना युवायुवती पक्राउ गरेको हो।
सोमबार धनगढी उप-महानगरपालिका वडा नम्बर ८ क्याम्पस चोक नजिकबाट धनगढी १७ का ३१ बर्षीय पप्पु राना र धनगढी वडा नम्बर ३ की १९ की करिष्मा छेडाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। आरआइटीले उनीहरुलाई शंका लागि चेकजाँच गर्दा ३ खैरो हिरोईन फेला परेको जनाएको छ। यस्तै धनगढी उप-महानगरपालिका १५ कनरीबाट बेलीका १८ वर्षीय प्रदिप रानालाई पनि प्रहरीले पक्राउ गरेको छ।
उनलाई शंका लागि चेकजाँच गर्दा ३१० मिलिग्राम खैरो हिरोईन फेला परेको थियो। पक्राउ परेका तिनै जनालाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । यसअघि प्रहरीले एक युवक र एक युवती धनगढी उपमहानगरपालिका–४ नाष्ट कलेज नजिकबाट परेका थिए । ०.०४ मिलिग्राम ब्राउनसुगरसहित धनगढी ४ की २१ वर्षिया रुविता चौधरी र २१ वर्षकै करन चौधरीलाई पक्राउ गरेको थियो।