धनगढी। कैलालीका वीरबहादुर विश्वकर्मा दैलेखमा मृत फेला परेका छन्। कैलालीको बर्दगोरिया गाउँपालिका–४ छतिवनका ३१ वर्षीय वीरबहादुरको शव दैलेखमा फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
व्यापारका लागि साउन २१ गते कैलालीबाट दैलेख गएका उनी २९ गते देखी परिवारको सम्पर्कमा थिएनन्। विकको शव दैलेखको भगवती माई गाउँपालिका–१ को भेरी खोलामा शनिवार कुहिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी किशोर लम्सालले बताए। शवको पोस्टमार्टम गरि विकका आफ्नतलाई जिम्मा लगाइसकेको डिएसपी लम्सालले जानकारी दिएका छन्।खोलाले बगाएर उनको ज्यान गएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।