धनगढी। कैलालीको गौरीगंगा नगरपालिकाबाट बेपत्ता भएका दुई बालक भारतमा फेला परेका छन्। कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ३ कुचैनीबाट श्रावण ३१ गतेदेखि बेपत्ता भएका दुई बालक भारतको पलियामा फेला परेका हुन्।
बेपत्ता रहेका गौरीगंगा नगरपालिकाको वडा नम्बर ५ अण्डैयाका कौशल चन्द र कुचैनीका लक्ष्मण साउँद आमाबुवालाई भट्न भनि हिनेको आफन्तले बताएका थिए। उनीहरुको आमाबुवा भारतमा रहेका छन्। कुचैनीकै शिव नमुना माविमा कक्षा ५ मा अध्ययन गर्दै आएका थिए। उनीहरु दुबै जना १२ वर्षीय हुन्। आज उनीहरु दुबैलाई पलियाबाट सकुशल उद्दार गरिएको आफन्तले जानकारी दिएका छन् ।