कैलाली। धनगढीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ। धनगढी उपमहानगरपालिका-१२ सी गाउँका ४५ वर्षीय युवराज शाहीको आफ्नै घरको शौचालयमा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
शनिवार साँझ करेन्ट लागेर घाईते भएका शाहीलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको थियो। अस्पताल पुगाइएपछि डाक्टरले परीक्षण गर्दा मृत घोषणा गरिएको हो। घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।