कैलाली । प्रहरीले धनगढीबाट ब्राउनसुगरसहित युवक र युवतीलाई पक्राउ गरेको छ । शनिबार साँझ धनगढी उपमहानगरपालिका–४ नाष्ट कलेज नजिकबाट ०.०४ मिलिग्राम ब्राउनसुगरसहित सोही ठाउँकी २१ वर्षिया रुविता चौधरी र २१ वर्षकै करन चौधरीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट बसपार्कको संयुक्त टोलीले शङ्काको आधारमा चेकजाँच गर्दा उनीहरुबाट ब्राउनसुगर फेला परेको बताइएको छ ।प्रहरीका अनुसार दुबैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।