कैलाली। कैलालीमा पोखरीमा डुबी ५ बर्षीय बालकको मृत्यु भएको छ । शनिवार साँझ जिल्लाको कैलारी गाउँपालिका-९ बनकनरी बस्ने शिशिर चौधरीको ५ बर्षीय छोरा बिजल चौधरीको नुहाउने क्रममा पोखरीमा डुबी मृत्यु भएको हो।
घरबाट उत्तरतर्फ समाज सुधार सामुदायिक बनमा रहेको पोखरीमा नुहाउने क्रममा डुबी घाईते भएका बालकलाई उपचारको लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले बताए । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाइएको छ ।