योगेन्द्र नायक, धनगढी । गत साउन २१ गते राती आएको पहिरोले अवरुद्ध बनेको भिमदत्त राजमार्ग पुर्ण रुपमा अँझै सञ्चालन हुन सकेको छैन। पहिरोका कारण भाँसिएको सडक पुर्ण रुपमा मर्मत गर्न नसक्दा आशिंक रुपमा मात्रै सडक खुलेको हो।
सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग पहिरो पश्चात पुर्ण रुपमा खुल्न नसकेपछि यहाँका यात्रुहरुले निकै सास्ती खेप्नु परेको छ ।निरन्तरको बर्षापछि गत साउन २१ गते कैलालीको गोदावरी नगरपालिका ४ मा पर्ने बुढितोला क्षेत्रमा गएको पहिरोका कारण भाँसिएको सडक पुर्ण रुपमा सञ्चालन हुन सकेको छैन। बुढितोलामा रहेको भावर टोलका ९ वटा घर सहित भाँसिएको सडकलाई पुर्ण रुपमा सञ्चालन गर्न नसकिदा यात्रुहरुले निकै सास्ती खेप्नुपरेको छ।
भाँसिएको सडकमा ग्याविन जाली हालेर एकतर्फी रुपमा सञ्चालन गरेपनि माथीबाट पहिरो झर्ने क्रम नरोकिदा सवारी आवागमनमा समस्या भएको हो । स्थानियका अनुसार सो क्षेत्रमा दैनिक ४ देखी ६ घण्टा जाम लाग्ने गरेको छ। सडक तल र माथीबाट भाँसिने क्रम नरोकिदा सवारी आवागमनमा समस्या भएको स्थानिय बालकृष्ण सापकोटाले बताए । स्थानिय बताउँछन् । दैनिक पहिरो खस्ने क्रम जारी रहेपनि सवारी साधन पहिरो पन्छ्याएर पास गर्ने गरिएको छ।
पानी परेको दिन झन पहिरो खस्ने भएका कारण रातभरी समेत सवारी साधनको जाम लाग्ने गरेको उनले बताएका छन् । दैनिक माथीबाट पहिरो आएकै हुन्छ सडकको टिम काममा लागेकै छ उनले भने “बल्ल ग्याविन हालेर आशिंक सडक खुलेको छ तर दैनिक पहिरो गएकै हुन्छ, यात्रुले दुख पाएकै छन्, यसको दीर्घकालिन समाधान नखोजे अन्य बस्ती सहित जोखिममा पर्छ।”सडक पुर्ण रुपमा सञ्चालन नहुँदा दैनिक सवारी साधनको जाम लाग्ने गरेको छ।
यतिबेला चाडवाडका लागी भारत लगायत बिभिन्न ठाउँबाट घर फर्किने क्रम समेत बढ्दै गएको छ। लामो समयपछि घर फर्किन लागेका यात्रुहरुले पहिरोका कारण जाममा पर्दा निकै सास्तस् खेप्नु परेको छ । सरकारले सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने बैकल्पिक मार्गहरु समयमै सम्पन्न नगर्दाको परिणाम अहिले बुढितोलाको पहिरोले देखाएको यात्रु उमाशंकर जोशी बताउँछन् । महाकाली करिडोर, खुटिया दिपायल सडक, चौकिडाँडा–फलटुँडे सडक समयमा सम्पन्न गरेको भए अहिले यात्रुले दुख खेप्नु पर्ने स्थिती श्रृजना हुने थिएन।
उनले नेतृत्वमा रहने सुदूरपश्चिमका नेताहरुले भिमदत्त राजमार्ग स्तरोन्नती र बैकल्पिक मार्ग निर्माणमा चासो नदिएकै कारण दुख ब्यक्त गर्दै तत्काल सहज आवागमनका लागी पहल गर्न माग गरेका छन्।
यस्तै यात्रु नरेस बिष्टले सुदूरपश्चिमबाट नेतृत्व तहमा पुगेका नेताहरुकै लापरबाहीका कारण जनताले दुख भौगनुपरेको बताए । जबसम्म यहाँका नेता बेचिन्छन तबसम्म हाम्रा दुख सकिदैनन् उनले भने “यस्तो चाडबाडका बेला बिदेशबाट समेत नेपालीहरु घर फर्किरहेका छन्, यो बाटोमा झन पहिरो खसेर पुर्ण रुपमा बन्द भए कसरी घर जाने त, यो बाटो बनाउने देखी अन्य बाटो खोल्ने तर्फ हाम्रा नेताको ध्यान जानुपर्छ होइन भने यहाँबाट लखेटिनुपर्छ ।”
भिमदत्त राजमार्ग बुढितोला पहिरो पछि धसेको सडकका कारण अस्तब्यस्त बनेको जनजिवनका बिच भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सो सडकको स्थलगत निरिक्षण गरेका छन् । सडक र यात्रुहरुको स्थिती बुझ्दै मन्त्री ज्वालाले यही सडकको मर्मत र स्तरोन्नती संगै बैकल्पिक मार्ग चाँडो सम्पन्न गराउनेमा सरकारको ध्यान जाने बताए । भाँसिएको सडकलाई पुर्ण रुपमा सञ्चालनमा ल्याउने गर्नुपर्ने कामलाई तिब्रता दिइनुका साथै खुटिया–दिपायल सडक, महाकाली करिडोर, चौकिडाँडा–फलटुँडे सडक चाँडो निर्माण सम्पन्न गराउनेमा जोड दिने मन्त्री ज्वालाले आश्वासन बाँडे ।
ज्वालाले पहिरोले अवरुद्ध हुनपुगेको धनगढी–डडेलधुरा-भीमदत्त राजमार्गको बूढीतोला सडक खण्ड सञ्चालन गर्न मातहतका निकायलाई निर्देशन दिए। मन्त्री ज्वालाले सुदूरपश्चिम प्रदेशको महत्त्वपूर्ण भीमदत्त राजमार्ग अवरुद्ध भएको प्रतिसर कारको ध्यान गएको बताए। भाँसिएको सडक र बिस्थापित परिवारको अवस्था बुझ्न ३ मन्त्री सहित सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादूर शाह पहिरो गएको दोश्रो दिनमै बुढितोला पुगेका थिए । उनले चाँडो सडक सञ्चालन गर्न निर्देशन दिएका थिए । शुक्रबार भौतिक पुर्वाधार तथा यातायात मन्त्री ज्वालालेपनि त्यही निर्देशन र चाँडै राम्रो सडक बन्ने आश्वासन दिए । नेतृत्वमा रहेकाहरुबाट निर्देशन र आश्वासन पाइने तर भनेअनुसारको उपलब्धी भने जनताले अनुभुती गर्न पाएका छैनन् ।