धनगढी। कैलालीको चुरे गाउँपालिकामा थुनिएको खोला खोल्न सुरु गरिएको छ। कैलालीको चुरे गाउँपालिका-५, मैताडीमा पहिरोका कारण थुनिएको खोला खोल्ने काम भइरहेको हो। आज बिहान पहिरो जाँदा भासु खोला थुनिएर ताल बनेको थियो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बस्यालले खोला थुनिएपछि खरले छाएको एउटा गोठमा पानी पसेको र स्थानीय ११ वटा घर सामान्य जोखिममा रहेको बताए।
उनले खोला थुनिएको ठाउँमा नेपाल प्रहरीको टोली पुगेर खोल्ने काम भैरहेको बताए। थुनिएको खोला खोल्न नेपाल शसस्त्र प्रहरीको टोली पनि सो स्थलतर्फ गइरहेको बताए। पहिरोले खोला थुनिएको ताल एकैपटक फुटे तल्लो क्षेत्रमा जोखिम हुन सक्ने देखिएको छ। यदि ताल फुटेमा कैलालीको चौमाला र गोदावरी नगरपालिकाको कोलमुडा क्षेत्रमा क्षतिको सम्भावना रहेको थियो ।