दार्चुला। दार्चुलाका एक प्रधानाध्यापक बेपत्ता भएका छन्। सरस्वती आधारभूत विद्यालय लेकम—२ बिटोराका प्रधानाध्यापक अनिरुद्र भट्ट बेपत्ता भएका हुन्। लेकम गाउँपालिका—२ सुँगरखालीका ५६ वर्षीय भट्ट विगत ४ दिनदेखि बेपत्ता रहेका प्रहरीले जनाएको छ।
गएको मंगलबार मध्यान्ह १२ बजेतिर नुहाउन भनी हिँडेका भट्ट उतैबाट बेपत्ता भएका पारिवारिक स्रोतले बताएको छ । बेपत्ता प्रधानाध्यापक भट्टको खोजी भइरहेको प्रहरीले जनाएको छ ।