अछाम। अछाममा अटो दुर्घटना भएको छ। अछामको बान्नीगढी जयगढ गाउँपालिका-४ तिमिल्सैनको ढोगदिनामा सु प प्र ०१००१ ह ५५६० नम्बरको अटो अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । आज बिहीवार भएको अटो दुर्घटनामा परेर ३ जना घाइते भएका छन्।
घाइते हुनेमा अटोमा सवार बान्नीगढी जयगढ गाउँपालिका-४ तिमिल्सैनका अन्दाजि ३८ वर्षीय नृप ओड, बान्नीगढी जयगढ गाउँपालिका–५ का २८ वर्षीय टंक साउँद र सोहि पवालिकाको–२ का अटो चालक २३ वर्षीय हेमराज साउद घाइते भएका छन्।घाइते भएका ओडको अवस्था मध्यम र बाँकि दुई जनाको अवस्था सामान्य रहेको छ। घाइते उनीहरुतीनै जनाको बयालपाटा अस्पतालमा उपचार भईरहेको प्रहरीले बताएको छ।