धनगढी। धनगढीमा विद्युत सेवा अवरुद्ध भएको छ। कैलालीको अत्तरियास्थीत विद्युतको सबस्टेशनभित्र धनगढी आउने ३३ केभी लाइनको केबुल पड्केर विद्युत सेवा अवरुद्ध भएको हो । आज (बिहीबार) दिउँसो २ बजेदेखि अवरुद्ध भएको विद्युत सेवा अझै सञ्चालनमा आएको छैन।
अझै डेढ घण्टा समय लाग्ने बाइएको छ। धनगढीसहित अत्तरियाका केही क्षेत्रमा सेवा अवरुद्ध भएको धनगढी वितरण केन्द्रले जनाएको छ। धनगढी वितरण केन्द्रका प्रमुख सुर्य नारायण मण्डलले १३२ केभि लाइनको केबुल पड्किएपछि विद्युत काटिएको र मर्मतको काम भइरहेकोले केही समयपछि बत्ती आउने बताए।