कञ्चनपुर। कञ्चनपुरमा युवकको मृत्यु भएको भन्दै चक्काजाम गरिएको छ। इन्टरनेट प्रदायक कम्पनीको लापरबाहीका कारण युवकको मृत्यु भएको भन्दै आज गड्डाचौकी सडक खण्डमा चक्काजाम गरिएको हो।बुधवार साँझ इन्टरनेटको तार टाउकोमा करेन्ट लागेर स्थानीय दिनेश ओडको मृत्यु भएको हो।
आफन्त र स्थानीयले आज बिहानैबाट भीमदत्त नगरपालिका–५ सुकासाल अन्तर्गत सडकमा प्रदर्शनसहित ढुंगा राख्दै टायर बालेर चक्काजाम गरेका छन्।जथाभावी तार छाड्ने कम्पनीलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने मागसहित प्रदर्शन गरेका छन्। अहिले सो क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । भने स्थानीय प्रशासनले पीडितहरुसँग बार्ता भैरहेको बताइएको छ। गड्डाचौकी सडक खण्ड अवरुद्ध हुँदा नेपाल भारत आवतजावत गर्ने यात्रुलाई सास्ती भएको छ।

कञ्चनपुरमा युवकको मृत्यु भएको भन्दै चक्काजाम
कञ्चनपुरमा युवकको मृत्यु भएको भन्दै चक्काजाम
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

