धनगढी। कैलालीको गोदावरी नगरपालिका-२ अत्तरियास्थित सत्यवती एकेडेमीमा आगलागी भएको छ। एकेडेमीको माथील्लो तलामा रहेको कम्प्युटर ल्याबमा बुधबार बिहान विद्युत सर्ट हुँदा आगलागी भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार भवनको चौथो तलामा भएको आगलागी भएको थियो। आगलागी हुँदा २ वटा ऐसी, कम्प्युटरहरुमा पूर्ण रुपमा क्षती भएको छ भने फर्निचर केही क्षती भएको संचालक विर बहादुर कडायतले बताए।आगलागी हुँदा करिब ३५ लाख बराबरको क्षती भएको अनुमान गरिएको छ। गोदावरी नगरपालिकाको दमकल, इलाका प्रहरी कार्यालय मालाखेती, नगर प्रहरी लगायतको सहयोगमा सो आगलागी नियन्त्रणमा लिइएको छ। क्षतिको पूर्ण विवरण भने आउन बाँकी रहेको छ।