कैलाली। कैलालीको बुढीतोला क्षेत्रमा ढलेको रुखले अवरुद्ध बनेको भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ। कैलालीको गोदावरी नगरपालिका-४ बुढीतोला क्षेत्रमा ढलेको रुख सडकबाट हटाइएपछि भीमदत्त राजमार्ग सञ्चालनमा आएको हो।
प्रहरीका अनुसार हाल पहिरो गएको क्षेत्रभन्दा २०० मिटरको दुरीमा आज सोमबार दिउँसो रुख ढलेर राजमार्ग अवरुद्ध भएको थियो । ढलेको रुख सडकबाट हटाइएसँगै सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग सञ्चालनमा आएको हो।
साउन २२ गते राति पहिरो जाँदा अवरुद्ध भएको भीमदत्त राजमार्ग हिजो साँझबाट एक सातापछि सञ्चालनमा आएको थियो। सोही क्षेत्रभन्दा २०० मिटरको दुरीमा रुख ढलेर राजमार्ग फेरि अवरुद्ध हुन पुगेको थियो।