बैतडी। बैतडीको एक वडा कार्यालय भवन पहिरोको जोखिममा परेको छ। बैतडीको पुर्चौडी नगरपालिका-१० को वडा कार्यालयको भवन पहिरोको जोखिममा परेको सामाजिक परिचालक रनबहादुर बिष्टले बताए।
भवन अगाडीको पर्खाल नै भत्किएपछि भवन जोखिममा रहेको वडा कार्यालयले जनाएको छ। आइतवार रातीको अविरल वर्षाका कारण भवन अगाडीको पर्खाल भत्किएको र भवन जोखिममा रहेको उनले बताएका छन् ।


