कैलाली। कैलालीका एक पूर्वमेयर स्नातक तह दोस्रो वर्षको परीक्षामा चिट चोर्दाचोर्दै परीक्षा हलबाट निकालिएका छन्। जिल्लाको गौरीगंगा नगरपालिकाका पूर्वमेयर भीम बहादुर देउवा परीक्षा हलबाटचिट चोर्दाचोर्दै फेला परेपछि निकालिएका हुन्।
उनको साथबाट परीक्षा सुरु भएको १ घण्टा नहुँदै चिटसहित फेला परेको थियो। आइतवारदेखि सुरु भएको स्नातक तह दोस्रो वर्षको नेपाली विषयको परीक्षामा मोबाइलबाट चिट चोर्दाचोर्दै पूर्वमेयर देउवा समातिएका थिए । त्यसपछि उनको परीक्षासमेत रद्द गरिएको छ। देउवा खप्तड बहुमुखी क्याम्पस मसुरियामा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत छन्।
उनको परीक्षा केन्द्र लम्की बहुमुखी क्याम्पसमा परेको थियो। लम्की बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अम्मर बहादुर रावलले आईतबारको परिक्षामा १८ जना बिद्यार्थी चिट चोरेपछि निकालिएको बताए । उनले भने, को को निस्कीएका हुन्, त्यो बारेमा जानकारी पाइएन, प्रत्येकको नाम चै भन्न सकिदैन, हिजो नेपाली, साइकोलोजी र अंग्रेजी गरी ३ बिषयको परीक्षा भएको थियो उनले भने. ति परीक्षाबाट १८ जना निकालीएका हुन् । जाँच दिइरहेको अवस्थामा मोबाइल र गेस पेपर राखेर चिट चोरीरहेको अवस्थामा उनी समातिएको बताइएको छ। उनको आइतवारको परीक्षा रद्द गरिएको छ भने आजदेखि परीक्षा दिन पाउने छन्।


