अछाम। अछामको पञ्चदेव विनायकका विनोद शाहीको हत्या आरोपी सर्जन बहादुर शाही धरौटीमा रिहा भएका छन्। विनोदको हत्यामा संलग्न रहेको आरोप लागेका सज्जनबहादुर शाहीलाई एमालेको भ्रातृ संगठन युवासंघ नेपालका कार्यकर्ताले यही साउन २३ गते काठमाडौंको धापासीबाट नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए।
जिल्ला अदालतले अछामलाई शाहीलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। आदेशमा भनिएको छ, ‘अभियोग पत्र माग दाबी अनुसारको कसुरमा उनी निर्दोष हुन भन्ने आधार नभए प्रमाण नभए पनि थुनामै राखेर मुद्दा चलाउन वृद्ध र बिरामी समेत भएका कारण मनासिब नदेखिएको भनिएको छ। पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने आदेशमा भनिएको छ । यता पीडित आफन्तले भने सेटिङमा फैसला भएको परिवारको आरोप लगाएका छन्।
हत्या आरोपी सर्जन बहादुर शाही १६ महिनादेखि फरार थिए। विनोद २१ जेठमा २०७९ मा मृत फेला परेका थिए। १७ जेठमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच अछामको पञ्चदेवलमा विवाद भएको थियो। सो विवादलगत्तै बेपत्ता भएका शाहीको चार दिनपछि शव भेटिएको थियो। घटनामा संलग्नहरूले शक्ति केन्द्रको आडमा उन्मुक्ति पाएको पीडित परिवारको आरोप छ। फरार रहेकाहरूलाई पक्रेर कारबाही गर्नुको साटो पीडित परिवारलाई उल्टै धाकधम्की दिन थालेपछि मृतकका दाइ बखतबहादुर शाही १० जनाको टोलीसहित अछामबाट काठमाडौं आएर युवासंघ गुहारेका थिए। आदेश यस्तो छ ।