दार्चुला। दार्चुलामा बलात्कार मुद्दाका फरार प्रतिबादी पक्राउ परेका छन् । दार्चुला प्रहरीले बलात्कार मुद्दाका एक जना प्रतिवादीलाई २ वर्षपछि पक्राउ गरेको जनाएको छ ।
उच्च अदालत महेन्द्रनगरले २०७८ साल पुसमा २ वर्ष कैद तोकेका २५ वर्षीय युवकलाई सदरमुकाम खलंगाबाटै पक्राउ गरेको हो । दुँहु गाउँपालिका–२ का २५ वर्षीय करन समाललाई आईतवार दिउँसो गस्ती टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले समाललाई कैद भुक्तानका लागि जिल्ला अदालतमा पेश गरिएको जनाएको छ ।