काठमाडौं। नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ। आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको एक पदाधिकारीले जानकारी दिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीलाई सरकारमा ल्याउन माओवादीको एक मन्त्रीलाई फिर्ता बोलाउन चाहेका थिए। त्यसका लागि आइतबार नै मन्त्री र पदाधिकारीको बैठक बोलाएका थिए।अब जनमत पार्टीकी नेतृ अनिता देवी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्ने माओवादीका ती पदाधिकारीले बताए।